८ वैशाख २०८१ शनिबार
समाज

विराटनगर नाकाबाट आएका ९६ मध्ये १६ जनामा कोरोना पुष्टि

भारतबाट आएका सर्वसाधारण विराटनगरको रानी नाका परीक्षण गर्दा कोरोना पोजिटेभ आएपछि एम्बुलेन्समा घर जाँदै । तस्बिरः चुमन/नागरिक

भारतबाट विराटनगरको रानी नाका हुँदै नेपाल आएका ९६ जना नेपालीमध्ये १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विराटनगरमा कोरोना भाइरसको दोस्रो चरणको लहरबाट संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा शनिबार राति १२ बाट लगाएको हो । विराटनगर महानगरपालिकासहित बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ मा तथा सुनसरीसँग सीमा जोडिएको स्थानमा निषेधाज्ञा आदेश जारी गरेको हो ।  

निषेधाज्ञा जारी भएपछि रानी नाका हुँदै आइतबार र सोमबार नेपाल फर्कने ९६ मध्ये १६ जनामा कोरोना भाइरस देखिएको रानी नाकामा रहेको महानगरपालिकाको हेल्थ डेस्कका प्रमुख डाक्टर कमलकिशोर यादवले बताए । यस नाकाबाट प्रवेश गर्नेलाई एन्टिजिन परीक्षण विधि प्रयोग गरी पोजिटिभ वा नेगेटिभ छुट्याइने गरेको छ । सोमबार मात्रै यहाँबाट ३५ जना सर्वसाधारण नेपाल प्रवेश गरेका छन् । जसमा १ महिला र २ पुरुष गरी ३ जनाको कोरोना पोजिटिभ रिपोर्ट आएको बताएका डाक्टर यादवले भने, पोजिटिभ रिपोर्ट आएका मध्ये १८ वर्षीया १ महिला र २३ वर्षीय १ पुरुष दुहबी–५ का हुन् भने इटहरी–२ का ३६ पुरुषमा पनि कोरोना संक्रमण देखिको हो ।  

आइतबार रानी नाकाबाट ६१ जनाले प्रवेश गरेका मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा १ महिला र १२ जना पुरुष रहेको डाक्टर यादवले बताए ।  

विराटनगर महानगरपालिकाको कोभिड १९ स्वास्थ्य संयोजक हैदर अलीले स्वास्थ्य परीक्षण गराएर नेपाल प्रवेश गरेका मध्ये पोजिटिभ रिपोर्ट आएकालाई औषधि दिएर सम्बन्धित निकायको जिम्मा लगाइने गरेको छ । पोजिटिभ नदेखिएकालाई सुरक्षित भई घरमा बस्न आग्रह गर्ने गरेको बताए ।  

महानगरपालिकाले यो नाकाबाट भित्र्याउने नेपालीका लागि बिहान ८ देखि बेलुका ६ बजेसम्म हेल्थ डेस्कमा राखेको छ । वैशाख १ गते यता नाकाबाट ९ सय ९ जना नेपालीले प्रवेश गरेका मध्ये ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको डाक्टर यादवले बताए । ‘विराटनगर नाकासँग जोडिएको भारतको जोगबनीमा समेत कोरोनाको एन्टिजिन परीक्षण हुने र पोजिटिभ रिपोर्ट आए भारतकै फारविसगञ्जको होल्डिङ सेन्टरमा राख्ने गरेका छन्,’ डाक्र यादवले भने ।

प्रकाशित: २० वैशाख २०७८ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App