८ वैशाख २०८१ शनिबार
समाज

डोल्पामा दश दिनको लागि निषेधाज्ञा

डोल्पामा कोरोना दोस्रो लहरको संक्रमणदर बढ्दो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको दोस्रो लहरको संक्रमण पछिल्लो समय तीव्र रुपमा बढ्न थालेपछि जिल्ला प्रशासान कार्यालयले दश दिनको लागि जिल्लाभर लागु हुने गरि निषेधाज्ञ जारी गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको वैशाख २० गते बसेको बैठकले संक्रमण रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन ,२०२८ ले अनुसार जिल्लाभरिमा वैशाख २१ गते राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजे सम्म लागु हुने गरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । 

जिल्ला सदरमुकाम दुनै बजार, जुफाल र त्रिपुराकोट बजार क्षेत्रका पसलहरु बिहान ९ बजेदखि दिउँसो १२ बजेसम्म मात्र खुला गर्ने,होटेल रेष्टुरेन्ट,शैलुन,पुलहाउस व्यूटीपार्लर जस्ता सम्पुर्ण ब्यवसाय पुर्ण रुपमा बन्द गर्ने र औषधि पसलहरु भने सबै समयमा खुला रहने निर्णय गरेको छ । सरकारी कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक सेवा र सेवाग्राहीका जरुरी काम बाहेक अन्य सेवा बन्द गर्ने,जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकालले जानकारी दिए । 

जिल्लामा कोभिड–१९ को संक्रमण तिब्र बढेकोले यार्सा संकलनको लागि जेठ १० गते यार्सायुक्त पाटनहरु खुला गर्ने भनि वैशाख १७ गते गरिएको निर्णय थप छलफल गरी  संक्रमण अवस्थालाई मध्येनजर गर्दै संकलनका लागि अनुमति दिईने अवस्था आएमा जिल्ला बाहिरबाट आउनेहरुको लागि अनिवार्य रुपमा पिसिआर वा एन्टिजेन परीक्षणको नेगेटिभ रिर्पो लिई आउनेको हकमा मात्र प्रवेश दिने अत्यावश्यक सामाग्रीको ढुवानी तथा बिरामी बोक्ने प्रयोजनका लागि वाहेक सम्पूर्ण निजी तथा सार्वजनिक सवारी साधनहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरेको छ ।हाल सम्म हवाई उडान तथा सडक सवारी साधनबाट जिल्ला भित्रिएका यात्रसहरुको परिक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित: २० वैशाख २०७८ १२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App