coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मास्क र सेनिटाइजर पाएपछि प्रहरी दंग

सुर्खेत महिला जेसीजले प्रहरीलाई मास्क र सेनिटाइजर दिएको छ। कोरोनाको दोस्रो लहरका कारण जारी निषेधाज्ञा कार्यान्वयनमा चोकचोकमा खटिने प्रहरीको सुरक्षाका लागि मास्क र सेनिटाइजर प्रदान गरेको सुर्खेत महिला जेसीजका अध्यक्ष लक्ष्मी गुरुङले बताइन्।

बजारमा किन्दासमेत मास्क र सेनिटाइजर पाउने अवस्था नरहेको बेला महिला जेसीजले उपलब्ध गराएको सामाग्रीले ड्युटीमा खटिने प्रहरीलाई ठूलो राहत हुने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले बताए।

‘कोरोनाको दोस्रो लहरले ड्युटीमा खटिएका प्रहरी पनि अछुतो रहेनन्, अहिलेकै अवस्थामा संक्रमण दर बढेमा आधारभूत सुरक्षा दिन पनि हम्मेहम्मे पर्छ,’ उनले भने, ‘यस्तो संकटको बेला गरिएको सहयोग हाम्रा लागि महत्वपूर्ण छ।’

प्रकाशित: १९ वैशाख २०७८ १३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App