coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउनमा राजश्व छलेका सूर्तिजन्य पदार्थ जफत

सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको सूर्तिजन्य पदार्थ बोकेको गाडी । तस्बिर : नागरिक

गोर्खा टोवाद्वारा उत्पादन गरिएका सूर्तिजन्य पदार्थसहित अन्य सामानहरु विक्री गर्दै गरेको अवस्थामा प्रहरीले जफत गरेको छ । सुर्खेतमा सूर्ति, रक्सी र खाद्य पदार्थ विक्री वितरण गरिरहेको बेला प्रहरीले पक्राउ गरेको हो ।  

गाडी नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) राजेन्द्र भट्टले बताए । अवैध सामानहरु खुलेआम लकडाउनका बेला विक्री वितरण गरेको सूचना आएपछि कर्णाली प्रदेश ०२–००१क०१२१ नम्वरको ट्रक जफत गरेपछि राजश्व छलि गरि विक्रीका लागि लगिएको सूर्ति बरामद गरिएको एसपी भट्टले जानकारी दिए । मार्सल जनरल स्टोस र श्री माता सप्लायर्सबाट विक्रीका लागि लगिएको सामान जफत गरिएको सुर्खेत प्रहरीले जनाएको छ । २५ बोरा गोल्डेन लिप्स सूर्ति राजश्व छली गरि बजारमा विक्रीका लागि लगिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजेन्द्र भट्टले बताए । उनले अवैध सूर्तिजन्य पदार्थ आन्तरिक राजश्व कार्यालयमा बुझाउने तयारी गरिएको बताए ।  

श्रोतका अनुसार लकडाउन मौका छोपेर कम्पनीले राजश्व छली गरि सुर्खेत, दैलेख, जाजरकोट लगायतका जिल्लाका विभिन्न बजारहरुमा गोदाम बनाएर राखीएको छ । बजारमा अभाव देखाएर प्रति गोटा ८० रुपैयाँसम्म सूर्ति मूल्य ब्यापारीहरुले असुल्ने गरेको छन् । गोर्खा टोवाका कर्मचारीहरुले सुर्ती राजश्व नबुझाउनका लागि प्रहरीलाई आर्थिक प्रलोभन देखाएको श्रोतले बताएको छ । तर, प्रहरीले भने राजश्व कार्यालय बुझाउने तयारी गरेको छ । त्यस्तै प्रहरीले चाउचाउ ४ सय १० कार्टुन, चामल २ सय ५० केजी, वियर २ सय ५० कार्टुन, चिनि ५ कुण्टल ५०० केजी र  तेल १०३ कार्टुन जफत गरेको छ । सुर्खेत दैलेखमा मात्र साधा प्रहरीले अनुसन्धान गरे सयौं बोरा अवैध सूर्ति लुकाएको अवस्थामा फेला पार्ने नाम नछाप्ने शर्तमा एक ब्यापारिले बताए ।

९ वर्षदेखि कम्पनीले सूर्तिजन्य पदार्थ उत्पादन गर्दै आईरहेको छ । यसअघि बाँकेको कोहलपुरमा पनि राजश्व छलेर बजारमा विक्री गर्न लागिएको सूर्तिजन्य पदार्थसहित पक्राउ गरि मुद्दा चलाईएको थियो । गोर्खा टोलाले सुर्खेत लगायत पहाडी जिल्लामा अवैध सूर्तिजन्य पदार्थ प्रमुख बजार बनाएर करोडौं रकम अवैध कमाउने गरेको छ । वयलकम र गोल्डेन लिप्स सूर्ति बजारमा राजश्व छलेर विक्री गरेको पाईएको छ ।

प्रकाशित: १९ वैशाख २०७८ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App