८ वैशाख २०८१ शनिबार
समाज

भैरवी गाउँपालिकाको आफ्नै एम्बुलेन्स

तस्विर: नागरिक

भैरवी गाउँपालिका – ५ का वडाअध्यक्ष हेमलाल जैसीले आफ्नै पहलमा वडामा सुविधासम्पन्न एम्बुलेन्स स्थानीय हर्षित भएका छन्। भैरवी गाउँपालिकाको डाँडीमाडी बजारमा एम्बुलेन्सबाट झरेका वडाअध्यक्षलाई स्थानीयले टिका माला लगाएर भव्य स्वागत गरेका हुन् । त्यसको लगत्तै स्थानीयले एम्बुलेन्सलाई पनि पुजा गरे । यो एम्बुलेन्स दैलेखमै सुविधासम्पन्न पहिलो एम्बुलेन्स हो ।

 वडाअध्यक्ष जैसीले आफ्नै पहलमा एम्बुलेन्स भारतीय दुतावासको सहयोगमा ल्याएका थिए । भारतीय राजदुतावासमा उनी अध्यक्ष रहेको समुदाय सवलीकरण तथा विकास मञ्च नामक संस्थाबाट एम्वुलेन्सको माग केही महिना अघि गरेका थिए । ‘मैले संस्थामार्फत चिनजानका मान्छे मार्फत एम्बुलेन्स  माग गरेको थिए ।’  वडाअध्यक्ष जैसीले भने, अहिले कोभिडको जटिल अवस्थामा पालिकामा एम्बुलेन्स ल्याउन पाउँदा खुसी लागेको छ ।’ गाउँपालिका भरिका नागरिकका साथै आसपासका पालिकाका नागरिकहरुका लागि एम्बुलेन्सले सेवा दिने उनले बताए । 

दैलेखमा ठुलो र सुविधासम्पन्न एम्वुलेस पहिलो पटक ल्याईएको हो । वडाअध्यक्ष जैसीका अनुसार एम्वुलेन्सभित्र १४ वटा सुविधा जोडिएको छ । एम्वुलेन्समा अक्सीजन, भेन्टिलेसन, मेडिकल चिप्स, ब्लोड पे्रसर नाप्ने, हुईल चेयर, चेयर, प्यान, ईन्भटर लगायत १४ सुविधार रहेको छ । विकास गर्न धेरै कामहरु बाँकी रहेपनि स्वास्थ्य पहिलो कुरा भएकाले एम्वुलेन्समा जोड दिईएको वडाअध्यक्ष जैसीले बताए ।

प्रकाशित: १९ वैशाख २०७८ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App