coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा भोलिदेखि यातायात बन्द

बढ्दो कोभिड १९ काे नयाँ भेरियन्टकाे संक्रमणबाट बँच्न उदयपुर प्रशासनले आईतबारदेखि निश्चित समयका लागि सवारी साधन सञ्चालनमा रोक लगाएको छ। शनिबार सरोकारवाला निकाय र व्यक्तिहरुको सहभागितामा बसेको जिल्ला कोभिड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी) बैठकले बढ्दो कोभिड संक्रमण रोक्न सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।  

डिसिसीएमसी अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले सातादिनभित्र संक्रमितको संख्या एक्कासी बढेको पाइएपछि थप संक्रमण हुनबाट रोक्नका लागि केहीदिनका लागि यातायात सञ्चालनमा रोक लगाउने निर्णय गर्नु परेको बताए। उनका अनुसार सदरमुकाम गाईघाटलगायत जिल्लाका बजार र व्यापारिक केन्द्रमा आउँदो २५ गतेसम्म यातायात सञ्चालन गर्न पाइने छैन। कटारी नगरको कटारी बजार, चौदण्डीगढीको बेलटार, बेलकाको रामपुर तथा रौतामाई गाउँपालिकाको मुर्कुचीमा यातायात बन्द गरिने छ।  

ती बजार क्षेत्रमा यातायात बन्द गर्ने डिसिसिएमसीको निर्णयले पूर्व–पश्चिम महेन्द्र राजमार्गको बिकल्प मानिएको मदन भण्डारी लोकमार्ग पनि ठप्प हुने भएको छ। सुनसरीको धरानदेखि बेलका नगरपालिका ८ चतारा–रामपुर हुँदै चौदण्डीगढी नगरको बसाहा–बेलटार–सदरमुकाम गाईघाटबाट उदयपुरगढीको नेपालटार भएर कटारी नगरको रिस्कु–कटारी बजार छिचोल्दै सिन्धुली–हेटौंडा जोडिने मदन भण्डारी लोकमार्गमा यातायात चल्न पाउने छैनन्।

३ पाङ्ग्रेभन्दा माथिका सबै सवारी साधनमा रोक लगाइएका कारण भारी साधनहरु यात्रुबाहक बस र मालबाहक ट्रकदेखि ट्याक्टर, जीप, कार, भेन र अटो रिक्सासम्म चल्न नपाउने निर्णय डिसिसिएमसीले गरेको छ। मोटरसाईकल भने चल्न दिइने छ तर, एकजना मात्र सवार भएर चढ्न पाउने निर्णय गरिएको छ। एम्बुलेन्स, प्रेस र आपतविपतमा सुरक्षा मापदण्ड पूरा गर्दै उच्च सतर्कताका साथ आउँजाउँ गर्न भने रोक नलगाइने सिडिओ सेँढाईले बताए।

प्रकाशित: १८ वैशाख २०७८ १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App