coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट २४ घण्टाभित्र बाँकेमा ९ को मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा बितेको २४ घण्टाभित्र ९ जनाको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।  

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ दाङका ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको भेरी अस्पतालमा शनिबार दिउँसो ३ बजेतिर उपचारका क्रममा मृत्यु भएको हो । भेरी अस्पतालमा बैशाख १३ गते भर्ना भएका उनलाई भोलिपल्ट कोरोना पोजेटिभ भएको थियो ।  

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि यही बैशाख १५ गते भेरी अस्पतालमा उनी भर्ना भएका थिए । भोलिपल्ट पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि शनिबार बिहान १०ः३० बजेतिर मृत्यु भएको हो । 

संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १ सय २० र बाहिरी जिल्लाका मृतकको संख्या १ सय १८ पुग्यो ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बाँके निवासी ५८ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा यही बैशाख १५ गते भर्ना भएकी उनलाई भोलिपल्ट कोरोना पोजेटिभ भएको थियो । स्वास्थ्यमा सुधार नआएपछि शनिबार बिहान सवा ९ बजेतिर मृत्यु भएको हो ।  

त्यस्तै दंगिशरण गाउँपालिका वडा नम्बर १ दाङ निवासी ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । यही बैशाख ८ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनलाई बैशाख ११ गते कोरोना संक्रमण भएको थियो । स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि उनको शनिबार बिहान ४ बजेतिर मृत्यु भएको हो ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० की ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । भेरी अस्पतालमा बैशाख १३ गते पिसिआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएपछि भोलीपल्ट अस्पताल भर्ना भएकी थिईन् । उनको स्वास्थ्य अवस्था झन् गम्भिर बन्दै गएपछि शनिबार बिहान ४ बजेतिर अस्पतालमा मृत्यु भएको हो ।

यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमै ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ निवासी उनी बैशाख १० गते मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । भोलिपल्ट पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो । स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार राती साढे १२ बजेतिर मृत्यु भएको हो ।  

त्यस्तै कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जमा यही बैशाख १५ गते भर्ना भएका उनलाई भोलिपल्ट कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा कुनै सुधार नआएपछि शुक्रबार राती १० बजेतिर मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ निवासी ४७ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । यही बैशाख १५ गते मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी उनलाई भोलिपल्ट कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि मेडिकल कलेजमा शुक्रबार राती ९ः३० बजेतिर मृत्यु भएको हो ।  

यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ निवासी ४५ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि यही बैशाख १६ गते मेडिकल कलेजमा भर्ना भएका उनलाई भोलिपल्ट(१७ गते) कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा कुनै सुधार नआएपछि शुक्रबार दिउँसो ३ बजेतिर मृत्यु भएको हो ।  

यो सँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १ सय २० र बाहिरी जिल्लाका मृतकको संख्या १ सय १८ पुगेको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । मृतकको शव नेपाली सेना र परिवारको समन्वयमा ब्यवस्थापन गर्ने कार्य भइरहेको उनले बताए ।

प्रकाशित: १८ वैशाख २०७८ १२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App