coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोरङको धनपालथानमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।  

धनपालथान गाउँपालिका–५ का २२ वर्षीय मन्तोष सरदार मोटरसाइकल दुर्घटनामा घाइते भइ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।  

धनपालथान–५ दादरबैरियामा बुधबार राति ९ बजेतिर उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १४ प ५१९९ नम्बरको मोटरसाइकल सरदारले चलाएका थिए। उक्त दुर्घटनामा परेर घाइते भएका सरदारको उपचारका क्रममा नोबेल अस्पतालमा बिहान ५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। घाइतेलाई सुरुमा कोसी अस्पताल भर्ना गरिए पनि अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि नोबेल लगिएको थियो।

मृतकको साथमा सवारी चालक अनुमति पत्र नभएको र तीव्र गतिका कारण अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७८ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App