coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कपिलवस्तु नगरपालिका बन्द

कोरोना संक्रमित बढेपछि कपिलवस्तु नगरपालिकाका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिएको छ। कोरोना बढेपछि त्यसका विषयमा नगरपालिकाले राखेको सर्वदलीय बैठकपछि यस्तो निर्णय गरिएको हो। मेयर किरण सिंहले नगर र १२ वटै वडा कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको बताए।

कोरोना महामारीबाट बच्नका लागि आफूहरुले यस्तो निर्णय लिन बाध्य भएको उनले बताए। साप्ताहिक हाटबजार शैक्षिक संस्थासमेत बन्द गरिएको छ। होटेल तथा रेस्टुरेन्ट बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म स्वास्थ्य मापदन्ड पूरा गरी मात्र खोल्न पाउने निर्णय गरिएको छ। धार्मिक, सामाजिक काममा बढीमा २५ जना मात्र सहभागी हुन पाउने नियम बनाइएको छ। बैठकमा प्रदेश सदस्य धरम बहादुरलाल श्रीवास्तव, एमालेका नगर अध्यक्ष भेषराज पान्डेय, कांग्रेसका राम आषिश पान्डेय, राजपाका कैलाश अग्रहरी लगायतले कोरोनाका विषयमा संवेदनशील हुन आग्रह गरेका थिए।  

उता कोरोना संक्रमण बढेसंगै उपचारमा समस्या आएपछि कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहको पलहमा कपिलवस्तु अस्पतालको निगरानीमा रहने गरी तत्कालीन महिला तथा बालबालिका कार्यालयमा २० बेडको कोरोना अस्थायी उपचार अस्पताल संचालनमा ल्याइएको छ। यस्तै नगरपालिकाको अधिनमा रहेको अतिथि गृह पनि कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मीलाई प्रयोग गर्ने गरी उपलब्ध गराइएको मेयर किरण सिहले बताए। अस्पतालका मेसु किशोर बन्जाडेले अस्थायी कोरोना अस्पतालको संचालनका लागि प्रदेश संघ र पालिकाहरुसंग सहयोग गर्न अपिल गरेका छन्।

प्रकाशित: १५ वैशाख २०७८ १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App