coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सहायक प्रजिअलाई कोरोना देखिएपछि अर्घाखाँची प्रशासन बन्द

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालसहितका कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासनमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ।  

प्रशासनबाट हुने नागरिकता, राहदानी वितरणसहित दैनिक प्रदान गरिने सेवा एक साताका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए। शान्ति–सुरक्षा, विपद्, उद्वार लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बैशाख २२ गतेसम्मका लागि स्थगित गरिएको प्रजिअ पौडेलले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी खनालसहित २८ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो। अर्घाखाँचीमा अहिलेसम्म ८ सय ६१ जनामा कोरोना संक्रमण देखिएकोमा हाल ४९ जना सक्रिय संक्रमित रहेका छन्। जिल्लामा १९ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।

प्रकाशित: १५ वैशाख २०७८ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App