coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सबै परीक्षा स्थगित गर्न सिफारिश, उपत्यकासहित ९ जिल्लामा निषेधाज्ञाको तयारी

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले केही जिल्लाहरुमा निषेधाज्ञा गर्ने तयारी गरेको छ। आइतबार बसेको सीसीएमसीका बैठकले यस्तो निर्णय गरेको हो। पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय कोरोना संक्रमित भेटिएको अवस्थामा निषेधाज्ञा गर्न सकिने जनाएको छ। सीसीएमसीले निशेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको छ।

सो निर्णयसँगै काठमाडौं लगायतका ९ जिल्लामा तत्काल निषेधाज्ञा लागू हुने सम्भावना बढेको छ। काठमाडौं लगायतका केही जिल्लामा संक्रमतिहरुको संख्या ५ सय नाघिसकेको छ।

अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय कटिसकेको छ।  

त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन्। सीसीएमसीले पहाडी जिल्लाहरुमा भने ५ सय सक्रिय संक्रमित नपुगे पनि २ सय कट्नासाथ निषेधाज्ञा लगाउन स्थानीय तहलाई अधिकार दिएको छ।

यसैगरी सीसीएमसीको बैठकले अब हुने सबै तहका परीक्षा स्थगित गर्न पनि सिफारिस गरेको छ।

प्रकाशित: १२ वैशाख २०७८ १४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App