coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महाराजगन्ज नगरपालिका कार्यालय एक साताका लागि बन्द

कर्मचारी र जनप्रतिनिधिहरुमा कोरानो संक्रमण देखिएपछि कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ। 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ। नगरपालिकाको नगर कार्यपालिका कार्यालयका केही कर्मचारीहरुमा समेत कोरोना संक्रमण पुष्टि भएकोले नगरपालिका बन्द गरिएको हो। महाराजगन्ज नगर कार्यपालिकाको बिहीबारको बैठकले वैशाख १० गतेदेखि वैशाख १७ गतेसम्म बन्द रहने गरी सूचना प्रकाशित गरेको छ।  

नगरपालिका भित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवाहरु बाहेक नगरपालिकाको अन्य सेवाहरु बन्द रहने महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ। नगरपालिकाका सबै वडा कार्यालयहरु र सबै स्वास्थ्य संस्थाहरु यथावत रुपमा सञ्चालन हुने नगरपालिकाका सूचना अधिकारी बृजेश चौधरीले जानकारी दिए।

प्रकाशित: ९ वैशाख २०७८ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App