१६ चैत्र २०८० शुक्रबार
समाज

आजदेखि गोरखाका धार्मिकस्थल बन्द

प्रसिद्ध मनकामना, गोरखनाथ र गोरखकाली मन्दिरआज देखि वैशाख महिनाभर बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले  सूचना प्रकाशित गर्दै जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्ने जनाएको छ।

‘कोभिड १९ विपद व्यवस्थापन समितिको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्यपूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा बैशाख मसान्तसम्म बन्द गर्ने निणर्य गरेको छ’ प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले भने। नित्यपूजाआजामा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निणर्य भएको उनले बताए।  

चैतेदशैँ भएकाले मंगलबार एकैदिनमा मनकामना मन्दिरमा सात हजार भक्तजनले पूजा गरेका मनकामना क्षेत्र विकास समितिकाअध्यक्ष रामकुमार जोशीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय बाट कुनै निर्णय नभएकाले मंगलबार निर्वाध रुपमापूजाआजाभएको थियो। बुधवार बिहानदेखि भने पुजापाठमा रोकलगाइएको छ।  

चैतेदशैँको अष्टमीमा गोरखकालीको विशेष पूजालाग्ने दिन भएकाले मंगलबार भक्तजनको थेगिनसक्नु भीड भएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले जानकारी दिए। डिसिसिएमसीको निणर्य अनुसार बुधबारदेखि मन्दिरमा नियमित बाहेकका पूजाआजा बन्द गरिएको उनले बताए।  

डिसिसिएमसीले मेला, महोत्सव, जात्रा, पर्व, बिबाह, ब्रतवन्ध, पास्नी, धार्मिक अनुष्ठान, मलामीमा पनि २५ जनाभन्दा धेरै सहभागी गराउन नपाइने र पार्टी प्यालेसको प्रयोग गर्न पनि जिल्ला प्रशासन कार्यालयको अनुमतिलिनु पर्ने निणर्य गरेको छ।

सभा, सम्मेलन, सेमिनार, गोष्ठी, समीक्षा बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलापपनि भर्चुअल विधिबाट मात्र गर्नुपर्ने, भौतिकउपस्थितिमा गर्नुपर्ने भएमा २५ जनाभन्दा बढि उपस्थितनगराई गर्नुपर्ने निणर्य भएको छ। सिनेमाहल, पार्टीप्यालेस, नाचघर, हेल्थक्लव, जिमखाना, फुटसल, हाटबजार, कवर्डहल, रङ्गशालामाहुने दर्शकसहितको खेलकुद तथा भिडभाड हुने कार्यक्रम पनि वैशाख मसान्तसम्मका लागि बन्द गराउने निणर्य भएको छ।

साथै बैठकले सवारी साधनमामास्कअनिबार्य लगाउनु पर्ने, सिट क्षमता भन्दा बढि यात्रु राख्न नपाइने, सवारीसाधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने निणर्य गरेको छ। होटल, रेष्टुरेण्ट पनि दैनिक निसंक्रमित गर्नुपर्ने, मास्क नलगाई प्रवेश गर्न नपाइने निर्णय भएको छ। 

प्रकाशित: ८ वैशाख २०७८ ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App