८ वैशाख २०८१ शनिबार
समाज

भेरी अस्पतालमा कोरोना संक्रमणबाट स्टाफ नर्सको मृत्यु

कोरोना संक्रमणका कारण नेपालगन्जको भेरी अस्पतालमा स्टाफ नर्सको मृत्यु भएको छ। दाङको एक स्वास्थ्य संस्थामा कार्यरत तुलसीपुर नगरपालिका वडा नम्बर ६ निवासी २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको अस्पतालका एनेस्थेयोलोजिस्ट डा. पारश पाण्डेले जानकारी दिए।  

अस्पतालको कोभिड वार्डमा भर्ना भएकी उनको सोमबार बिहान साढे १० बजेतिर मुत्यु भएको हो। स्वास्थ्यमा समस्या आएपछि उनी उपचारका लागि नेपालगन्ज आएकी थिइन्। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार यही बैशाख १ गते कोहलपुरको बागेश्वरी ल्याबमा कोरोना परिक्षण गर्दा उनलाई पोजेटिभ आएको थियो।  

त्यसपछि उनको उपचार भेरी अस्पतालमा भइरहेको थियो। यो संगै बाहिरी जिल्लाका मृतकको संख्या ९८ पुगेको ओलीले जानकारी दिए। कोभिड वार्डमै उपचाररत अनिशाको आमाको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०७८ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App