१६ चैत्र २०८० शुक्रबार
समाज

प्रदेश २ मा ५४ जना संक्रमित थपिए

परीक्षण गरिएका आधामा संक्रमण पुष्टि

प्रदेश २ मा ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यस प्रदेशको प्रादेश प्रयोगशाला जनकपुर, जिल्ला अस्पताल सिरहा प्रयोगशाला, गौर अस्पताल रौतहट प्रयोगशाला र नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएको १२१ नमूना परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भए प्रदेश स्वास्थ्य निर्देशनालाय जनकपुरधामले जनाएको छ। यससँगै यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ४०७ पुगेको छ।

नारायण अस्पताल वीरगन्जमा ९० वटा नमूना परीक्षण गर्दा ४५ जना कोरोना पोजेटिभ, गौर अस्पताल रौतहटमा ४ वटा नमूना परीक्षण गर्दा ३ जना पोजेटिभ, जिल्ला अस्पताल सिरहामा ४ वटा नमूना परीक्षण गर्दा सबै नेगेटिभ र प्रादेशिक प्रयोगशाला जनकपुरधाममा २३ वटा नमूना परीक्षण गर्दा ६ जना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ।  

पर्सामा सबैभन्दा बढी २ सय ५८ जना सक्रिय संक्रमित छन्। बारामा ५४, धनुषामा ४३, महोत्तरीमा २०, रौतहटमा १८, सिरहामा ८, सप्तरी र सर्लाहीमा ३–३ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: ५ वैशाख २०७८ १३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App