१५ चैत्र २०८० बिहीबार
समाज

एक महिनाअघि बलात्कार गरी हत्या गर्ने पक्राउ

हत्या आरोपमा पक्राउ अछामे । तस्बिरः महेश्वर

झण्डै एक महिनाअघि एक महिलालाई बलात्कार गरी हत्या गरेको आरोपी भर्खरै पक्राउ परेका छन्। गत चैत ११ गते साँझ ६ः३० बजे मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरी हत्या गरेको आरोपमा २४ वर्षीय राजु अछामे पक्राउ परेका हुन्।

जिल्लाको रौतामाई गाउँपालिका ७ मुर्कुचीका अछामेले अन्दाजी २५/२६ वर्षीया महिलालाई बलात्कार गरी हत्या गरेको प्रहरी भनाइ छ। साँझपख बजार डुल्दै गरेकी मानसिक सन्तुलन गुमाएकी तराइ मुलकी जस्तो देखिने महिलालाई स्थानीय नवज्योति सामुदायिक वनको हिले खोल्सी शिरमा लगेर बलात्कार गरी टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरेको खुलेको छ।

प्रहरीका अनुसार स्थानीयले सामुदायिक वनभित्र फुटेको खप्पर र चुरापोतेसहितको मानव कङ्काल देखेर खवर गरेपछि खटेको टोलीले अनुसन्धानको क्रममा शनिवार अछामे पक्राउ परेका हुन्। घटनास्थलमा भेटिएको टोपी अछामेको प्रमाणित भएसँगै अ‌नुसन्धान गर्दा उनले आरोप स्वीकारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल खटेर सुक्ष्मरुपमा अनुसन्धान गर्दा हत्या हुने महिला मुर्कुची, सुकौरा, राजाबास, अधेरी एरियामा मागी खाई हिड्ने तराईवासी जस्तो देखिने नै यकिन भएको प्रहरी प्रमुख एसपी भीम दाहालले बताए।

घटनास्थलबाट प्रहरीले सर्जमिन मुचुल्का गरी कर्तव्य ज्यानसम्बन्धी कारबाही प्रक्रिया अगाडि बढाइएको एसपी दाहालले बताएका छन्।

प्रकाशित: ५ वैशाख २०७८ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App