१६ चैत्र २०८० शुक्रबार
समाज

दैलेखमा डेढ महिनाभित्र एकै परिवारका ३ जनाले गरे आत्महत्या

एउटै परिवारका ३ जनाले डेढ महिनाभित्र आत्महत्या गरेको दैलेख सदरमुकाम नजिक रहेको नमुना बस्ती । तस्बिर:गोविन्द/नागरिक

दैलेखमा पछिल्लो समय सामूहिक आत्महत्या गर्नेहरुको संख्या बढ्दो छ। महिनादिन अघि रार्कम कर्णालीस्थित कर्णाली नदिमा र डुगेश्वर गाउँपालिकाको एक गाउँमा आमाले छोराछोरी सहित सामूहिक आत्महत्याको प्रयास सेलाउन नपाउँदै फेरी परिवारका ३ जना सदस्यले आत्महत्या गरेका छन्।

दैलेख सदरमुकामस्थित नमुना बस्तीमा डेढ महिनाभित्र एउटै घरका ३ जनाले आत्महत्या गरेका छन्। डेढ महिनामा दुई छोरीसहित आमाले पनि आत्महत्या गरेकी हुन्। एक छोरी र आमा घरभित्रै गरेका छन् भने, अर्को छोरीले घर बाहिर रहेको मेलको बोटमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

आत्महत्या गर्नेहरुमा आमा ३७ वर्षीया जानकी बादी, छोरीहरु २७ वर्षीया जमुना वादी र १८ वर्षीया तुल्सी वादी रहेका छन्। तुलसीको विहे भएको थिएन्। तुलसी र जानकीले घरभित्रै कोठामा आत्महत्या गरेका थिए भने जमुनाले घर बाहिर रहेको मेलको बोटमा झुण्डिएर आत्महत्या गरेको दैलेख प्रहरीले जानकारी दिएको छ। आत्महत्या गर्नेको संख्याले विकराल रुप लिएपछि जिल्लामा भय छाएको छ। घरेलु झगडा र गरिबीकै कारण आत्महत्याको बाटो रोजेको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले बताए।

९ महिनायता (चैत्र मसान्त) ३४ जनाले आत्महत्या गरेको रेकर्ड दैलेख प्रहरीमा रहेको छ। मदिरा सेवन, बेरोजगार, आर्थिक अवस्था कमजोर, सामाजिक सञ्जाल र बढ्दो प्रविधिको प्रयोगले आत्महत्याको दर बढ्दै गएको प्रहरीले जनाएको छ। बादी समुदायकी अगुवा पौवा बादीका अनुसार डेढ महिनाभित्र एउटै परिवारका ३ जनाले आत्महत्या गरेपछि बस्तीमै त्रास फेलिएको छ। बस्ती आसपास रातमा विभिन्न आवाज आउन थालेपछि स्थानीयहरु त्रसित छन्। समुदायको बस्ती रहेको नमुना बस्तीमा गाडीको सामान लोडअनलोड गर्ने गर्दछन्। केही युवाहरु गाडी चलाउने पेशा अंगाल्दै आएका छन्।

त्यस्तै फागुन २३ साँझ दैलेखको आठविस नगरपालिका ३ निमायल बस्ने ३५ वर्षीया सुकी बढुवाल आफूसहित चार छोराछोरी लिएर कर्णालीमा हाम फालेर आत्महत्या गरेकी थिईन्। त्यस्तै डुंगेश्वर गाउँपालिकामा एक महिलाले आफूसहित २ छोरी आत्महत्या प्रयास गरेकी थिईन्। तर एक छोरी भने भागेर बचेकी थिईन्। स्थानीयले घाइते अवस्थामा उपचारका लागि दैलेख अस्पताल लगेर बचाएका थिए। जिल्लामा आत्महत्याको दर घटाउने सरकारी तवरबाट बेरोजगारलाई रोजगारी र विभिन्न जनचेतनामुलक कार्यक्रम ल्याउनुपर्ने दैलेखका स्थानीय अधिकारकर्मी दिर्घराज अधिकारी बताउँछन्। 

प्रकाशित: ५ वैशाख २०७८ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App