coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटनामा बेपत्ता भएका वडाध्यक्ष भेटिए

रसुवाको कालिका गाउँपालिका–२, स्याउबारीमा टिप्पर दुर्घटना हुँदा बेपत्ता भएका वडाध्यक्ष भेटिएका छन् । गएराति दुर्घटना हुँदा कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफूर्पा तामाङ बेपत्ता भएका थिए । 

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार उनलाई आज बिहान ८ बजेतिर फेला पारिएको हो । उनको बाहिरी चोट नदेखिएको र भित्री चोट हुन सक्ने भएकाले त्रिशूली अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।  

दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका गाउँपालिका–१ राम्चेका २५ वर्षीय सागर तामाङ र उनका दाजु २७ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । राति ११ बजेतिर राम्चेबाट बेत्रावती जाने क्रममा बागमती प्रदेश ०१–००६ ख १६८८ नम्बरको टिप्पर दुर्घटना भएको हो ।  

सागर सवारी चालक हुन भने उनका दाजु ग्राङ प्राविका प्रधानाध्यापक हुन् । दुर्घटना भएपछि दुई जनालाई रसुवा अस्पताल ल्याइएको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रकाशित: २ वैशाख २०७८ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App