८ वैशाख २०८१ शनिबार
समाज

टिप्पर दुर्घटना हुँदा दाजुभाईको मृत्यु, वडाध्यक्ष बेपत्ता

रसुवाको कालिका गाउँपालिका–२, स्याउबारीमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । 

मृत्यु हुनेमा कालिका गाउँपालिका–१ राम्चेका २५ वर्षीय सागर तामाङ र उनका दाजु २७ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । राति ११ बजेतिर राम्चेबाट बेत्रावती जाने क्रममा बागमती प्रदेश ०१–००६ ख १६८८ नम्बरको टिप्पर दुर्घटना भएको हो । सागर सवारी चालक हुन भने उनका दाजु ग्राङ प्राविका प्रधानाध्यापक हुन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार टिप्परमा कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफूर्पा तामाङ सहित तीन जना रहेका थिए । दुर्घटना भएपछि दुई जनालाई रसुवा अस्पताल ल्याइएको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको छ । वडाध्यक्ष तामाङको मोबाइल गाडीमा भेटिएपनि उनको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।

प्रकाशित: २ वैशाख २०७८ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App