६ वैशाख २०८१ बिहीबार
समाज

सन्धिखर्क नगरपालिकाद्वारा ‘नयाँ वर्ष, नयाँ काम’ को सुरुवात

नयाँ वर्षको अवसरमा सन्धिखर्क नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्टै राख्ने अभियान सुरु गरेको छ ।  

‘नयाँ वर्ष, नयाँ काम’ भन्ने नारासहित प्लाष्टिक, रबर, नाइलन, धातु, खाद्य, काठ, सिसा, कागजलगायतलार्ई फोहोरको वर्गीकरणअनुसार राख्ने अभियान थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए । फोहोर व्यवस्थापन गर्न विभिन्न किसिमका चुनौती देखिएपछि अभियान थालिएको उनले बताए । ‘फोहोर व्यवस्थापनमा अन्यन्त चुनौती देखिएको छ, उनले भने,‘ फोहोर व्यवस्थापन गर्न डम्पिङ्ग साईड निर्माण भईरहेको छ, कुहिने र नकुहिने फोहोरलाई छुट्टै राख्ने अभियान थालेका छौं ।’

दोस्रो चरणमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाभित्र रहेका २८ वटा टोलसुधार समितिका अध्यक्षले त्यसको व्यवस्थापनमा लाग्ने सन्धिखर्क नगरपालिकाले जनाएको छ । कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि छुट्टाछुट्टै गाडीको व्यवस्था गरिएको छ । डम्पिङ्गसाईड भत्किएपछि फोहोर व्यवस्थापनका लागि सन्धिखर्कको अलुवाखोलामा नयाँ डम्पिङ्गसाईड निर्माण भईरहेको छ ।

प्रकाशित: १ वैशाख २०७८ १४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App