७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तपुरको विस्केट जात्राः २५ घण्टापछि उठाइएको लिंगो छिनमै ढालियो

मंगलबार साँंझ साढे पाँंच बजेदेखि उठाउन सुरु गरेर बुधबार साढे ६ मात्रै उठाउन सफल भएको भक्तपुरको विस्केट जात्राको लिंगो बुधबार एकैछिनमा ढालिएको छ । लिंगो बुधबार राति साढे आठ बजे ढालिएको थियो । विस्केट जात्राको क्रममा मंगलबार नै उठाइसक्नुपर्ने ५५ हात लामो लिंगो बुधबार साँंझ मात्रै उठाउन सफल भएको थियो । प्रत्येक वर्ष लिंगो उठाउन घण्टौ समय लाग्ने भए पनि ढाल्न भने सुरु भएको केही मिनेटमै समापन हुन्छ ।  

विस्केट जात्राको क्रममा प्रत्येक वर्ष भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा उठाइने यो लिंगो वर्षको अन्तिम दिन उठाएर वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते साँंझ ढाल्ने परम्परा छ ।  

मंगलबार राति एघार बजेसम्म पुग्दा लिंगोलाई आधा उठाउन सफल भएको थियो । त्यसपछि पनि सयौं युवाले उठाउन निरन्तर प्रयास गरेका थिए । तर फेरि लिंगो पूरै ढलेको थियो । यसपछि राति भएर उठाउने प्रयास छोडेका थिए । लिंगोलाई बुधबार विहानैदेखि उठाउने प्रयास जारी थियो ।  

निर्धारित दिनमै लिंगो उठाउन नसकिएको यो धेरै वर्षपछिको वर्ष हो । यसअघिका वर्षहरुमा सामान्यतया निर्धारित दिनमै लिंगो उठाउन सफल हुन्थ्यो । जे भए पनि हामीले विस्केट जात्रा सफलतापूर्वक सम्भ अनि भव्य रुपमा मनाउन सफल भयौं, एकजना जात्राप्रेमी इन्जिनियर कृष्णभक्त दुवालले भने, हामीले जे भए पनि लिंगो उठाउन सफल भएर जात्रा सफलतामा टुंग्यायौं । यसले सम्पूर्ण देशबासीको नजर रहेको विस्केट जात्रा सफल भएको उनको भनाई छ । यो वर्ष जस्तै कुनै वर्ष वर्षको अन्तिम दिन उठाउन नसक्दा त्यसको भोलिपल्ट साँंझ उठाउने र त्यही दिन ढालेको इतिहास छ ।  

निर्धारित दिनमा लिंगो नउठे पनि साविक जस्तै त्यहाँं दिनभर मेला लागेको थियो । मेला भर्न दिनभर काठमाडौं उपत्यकासहितबाट हजारौ मानिस यहाँं आएका थिए ।  

भक्तपुरको विस्का जात्रा शनिबारदेखि सुरु भएको थियो । भक्तपुर नगरको प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको र दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि अर्थात् यो वर्ष चैत २८ गते शनिबारदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले काठैकाठले नाएको करिव ३० फिट अग्लो भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ भएको थियो । भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । आठ रात नौ दिन लामो विस्केट जात्राको मुख्य आकर्षण यही हात भएको लिंगो उठाउनु र ढाल्नु हो । 

प्रकाशित: १ वैशाख २०७८ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App