८ वैशाख २०८१ शनिबार
समाज

ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

ट्रयाक्टरको ठक्करबाट गोरखामा १३ वर्षिय बालक विवश ढकालको ज्यान गएको छ। ग १ त ४५८२ नम्बरको ट्रयाक्टरले गोरखाको शहिदलखन गाउँपालिका–९ नाम्जुङमा बालकलाई ठक्कर दिएको हो।

 ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए।  

बालक विद्यालयबाट घर फर्कदै गर्दा ट्रयाक्टरमा चढेका थिए। उनी ट्रयाक्टरबाट खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर नाम्जुङबाट गोरखा सदरमुकाम तर्फ आउँदै थियो। 

प्रकाशित: ३१ चैत्र २०७७ ०५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App