coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्राचार्य कुट्नेलाई कारबाही माग

बारा आदर्श कोतवाल गाउँपालिको च्युटाहास्थित रामचरित्र माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूले प्राचार्य दिनेश साहलाई कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय बारा घेराउ गरेका छन्।

उनीहरूले प्राचार्य साहलाई कुटपिट गरेको भन्दै विद्यालय व्यवस्थापन समिति सदस्य रूपेन्द्र कुशवाहालाई कारबाहीको माग गरेका हुन्। कुशवाहा आइतबार प्रचार्य साहमाथि हातपात गरेका थिए। विद्यालयका टेबुल, शैक्षिक सामग्री तोडफोड गर्ने र प्राचार्यलाई हातपात गर्नेलाई बारा प्रहरीले कारबाही गर्न आलटाल गरिरहेकाले प्रहरी कार्यालय घेराउ गर्नुपरेको शिक्षकहरूले बताए।

शिक्षकलाई कुट्ने आरोप लागेका रूपेन्द्र कुशवाहालाई आइतबारदेखि नै बारा प्रहरीले नियन्त्रणमा राखेको त्यहाँका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताए। एक पक्षले कुशवाहाले प्राचार्य साहलाई कुटपिट नगरेको दाबी गरेका छन् भने अर्को पक्षले कुशवाहाले नै प्राचार्य साहलाई हातपात गरेको जिकिर गरेको शाहीको भनाइ छ। 

घटनाबारेमा अनुसन्धान भइरहेको र दोषी देखिएकालाई कारबाही गरिने उपरीक्षक शाहीले बताए। गत माघमा अभिभावकहरूको मतदानबाट नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेका थिए। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मुन्ना पटेलले सदस्य कुशवाहाले व्यवस्थापन समिति बैठकमा भाग नलिने र बैठक सकिएपछि प्राचार्य साहसँग विभिन्न बहानामा निहुँ खोज्ने गर्दै आएको बताए। आइतबार विद्यालयले गरेको खर्च माग्ने बहानामा कुशवाहाले प्राचार्यमाथि हातपातसमेत गरेको र प्राचार्यलाई हातपात गर्ने कुशवाहामाथि कारबाही नभएसम्म शिक्षकहरूले पढाउने कार्य छाडेर विरोधमा उत्रेको अध्यक्ष पटेलले बताए।

प्रकाशित: ३१ चैत्र २०७७ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App