coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टिप्परले ‘ब्याक’ गरेर मारेको बिरोधमा प्रहरी कार्यालय अगाडि दिनभर प्रदर्शन

स्थिती दिनभर तनाबग्रस्त, साँझमा प्रहरीद्वारा लाठीचार्ज गरि भीड तितरवितर

टिप्परले ‘ब्याक’ गरेर मारेको बिरोधमा प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दै स्थानीय । तस्बिर : नागरिक

बस पर्खेर बसेका एक जेष्ठ नागरिकलाई धरान-इटहरी सडक खण्डमा दिप्परले ‘ब्याक’ गरेर मारेको बिरोधमा सोमबार दिनभर स्थानीय गाउँलेले इलाका प्रहरी कार्यालय इटहरी अगाडि प्रदर्शन गरेका छन् । स्थानीय गरेको प्रदर्शनमा साँझमा भने प्रहरीले लाठीचार्ज गरि भीड तितरवितर पारेको छ।  

इटहरी वडा नं.१ स्थित आदर्श टोल गंगा मार्ग प्रवेश गर्ने स्थानमा धरान जानका लागि बस पर्खेर बसेका स्थानीय ८१ वर्षीय कर्णबहादुर गुरुङ्लाई टिप्परले शुरुवातमा ठक्कर दिएको र त्यसपछि ‘ब्याक’ गरेर किच्दा घटनास्थलमै मृत्यु भएको थियो । स्थानीय ‘ब्याक’ गरेर मारेको बिरोधमा आइतबार दिउँसोदेखि मध्यरातसम्म कोशी राजमार्ग अन्तर्गत इटहरी वडा नं. १ को गंगामार्ग आदर्श टोल अगाडि प्रदर्शन गरेका थिए । आफन्तको सहमतिमा मध्यरातमा गुरुङ्को शव पोष्टमार्टम गर्न सहमत भएपनि सोमबार दिउँसोदेखि नियतवस चालकले पटकपटक ‘ब्याक’ गरेर मारेको हुँदा कडा कारबाही, उचित क्षतिपूर्ति र टिप्पर आंतक बन्द गर्नुपर्ने माग राखेर इलाका प्रहरी कार्यालय अगाडि सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।  

स्थानीयबासीले दिनभर इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेपछि स्थिती तनाबग्रस्त बन्यो । आइतबार रातभर र सोमबार दिनभरको प्रदर्शनपछि साँझमा भने प्रहरीले लाठीचार्ज गरि प्रदर्शनमा सहभागीलाई तितरवितर पारियो । प्रदर्शनमा सहभागीलाई तितरवितर पारेपछि इटहरी भएर पूर्वतर्फ आउँजाउँ गर्ने सवारी साधन सुचारु भएको घटनास्थलमा रहेका पत्रकार प्रकाश तिम्सिनाले बताए ।  

स्थानीयबासी आक्रोसित भएपछि स्थिती सहज बनाउन प्रहरीले वार्ता गरेपछि टुंगोमा पुग्न नसकेको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए । उनका अनुसार, मंगलबार बिहान पुनः वार्ता गरेर टुंगो लगाउने निर्णय भएको छ। मृतकका आफन्तले टिप्पर व्यवसायीलाई झिकाएरै वार्ता गर्नुपर्ने बताएका छन् । टिप्पर व्यवसायी चालक इटहरी वडा नं. १९ का अनिल चौधरीका बाबु हुन् । अनिललाई भने प्रहरीले घटनालगतै पक्राउ गरि सकेको छ।  

प्रदेश १–०२–००१ ख ८६६५ न. को मालबाहक टिप्परले रोकेर साईड लगाउन पछाडि सार्न खोज्दा शुरुवातमा ठक्कर दिएको र पछि ‘ब्याक’ गरेर किच्दा पुरै क्षतविक्षत हुन पुगेको थियो ।

प्रकाशित: ३० चैत्र २०७७ १४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App