८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटनामा १ जनाको मृत्यु, ६ जना घाइते

मोरङको लेटाङमा भएको छुटाछुट्टै सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना गम्भीर र अन्य ६ जनासमेत घाइते भएको प्रहरीले जनाएको छ ।  

लेटाङ–९ स्थित पारुहाङ चोकमा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा आइतबार १ जना घाइते भएका थिए । सोही वडाका ४५ वर्षीय रविन्द्रकुमार लिम्बूको उपचारका क्रममा सोमबार बिहान ४ बजेतिर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।  

मे ९ प नम्बरको मोटरसाइकल चलाएका लिम्बूको टाउकोमा गहिरो चोट लागेको र उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।  

त्यसैगरी, यात्रु बहाक बलेरो पिकअप गाडी आइतबार साँझ लेटाङ नगरपालिका–७ स्थित भुवा खोलामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् भने १ जनाको गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  

प्र.१–०२–००२ च ४१७३ नम्बरको बलेरो गाडी यात्रु लिएर लेटाङबाट वाराङ्गीतर्फ जाँदै गर्दा बालुवामा चिप्लिएर ढुंगामा ठोक्किएपछि दुर्घटना भएको डिएसपी राईले बताए । दुर्घटनास्थलमा उकालो र कच्ची सडक रहेको छ ।  

दुर्घटनामा परी लेटाङ –७ की ६३ वर्षीया बुद्धमाया राई, ५३ वर्षीय कुसुमलाल राई, ५२ वर्षीय इन्द्रबहादुर राई, ४१ वर्षीय मानवीर लिम्बू, ४८ वर्षीय रत्नप्रसाद लिम्बू र १७ वर्षीया सरु लिम्बू घाइते भएका छन् । घाइतेमध्ये बुद्धमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

चालक लेटाङ –७ का २८ वर्षीय सपन लिम्बूलाई नियन्त्रणमा लिइएको छ । विराटनगरस्थित विराट नर्सिङ होममा घाइतेहरूको उपचार भइरहेको र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रकाशित: ३० चैत्र २०७७ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App