८ वैशाख २०८१ शनिबार
समाज

बुटवलको कोरोना अस्पतालमा तीन संक्रतिको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा आज उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीका छन् ।  

रुपन्देहीको तिलोत्तमा नगरपालिका १ की ७१ वर्षीया महिलाको उपचारकै क्रममा आज बिहान करिब ७ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । चैत २१ गते कोरोना देखिएकी ती महिलालाई २३ गते स्वास्थ्य अवस्था बिग्रिएपछि बुटवलको कोरोना अस्पताल लगिएको थियो । उनलाई ज्वरो र निमाेनियाको समस्या देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले जानकारी दिए ।  

अर्घाखाँचीको मालारानी गाउँपालिका ५ की ७९ वर्षीया महिलाको पनि उपचारकै क्रममा आज बिहान मृत्यु भएको छ । उनलाई चैत २७ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि सोही दिन बुटवलको कोरोना अस्पताल ल्याइएको थियो । ज्वरो, दम र निमाेनियाको समस्या देखिएको र उपचारकै क्रममा बिहान ९:५० मा उनको मृत्यु भएको डा गौतमले बताए ।  

कपिलवस्तुको बाडगंगा नगरपालिका ३ का ७१ वर्षे संक्रमितको पनि उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । चैत २७ गते संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन अस्पताल भर्ना गरीएको थियो । ती संक्रमितमा  दम, मधुमेह र ज्वरोको समस्या रहेको डा गौतमले जानकारी दिए ।

प्रकाशित: ३० चैत्र २०७७ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App