coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कालीकोटमा ६ घर जलेर नष्ट

कालीकोटस्थित पचालझरना गाउँपालिकामा आगलागी हुँदा ६ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । घरका मानिस काम गर्न गएको मौकामा बालबालिकाले गहुँको बालापोली खाने क्रममा झिल्का उडी आगलागी भएको हो ।

पचालझरना गाउँपलिका–८ का दुर्गे, दमिला, बिरमाने, अमृते, अति र मानसिङ सार्कीको घरमा आगलागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी माधव श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्तेको एक तले दुई कोठे फुसले छाएको घर र घरमा रहेका अन्नपात, भाडावर्तन र लत्ताकपडा गरी करिब एक लाख बराबरको क्षति भएको छ । त्यस्तै दमिलाको पनि फुसले छाएको एक तले घर जलेर नष्ट भएको छ । 

उनको एक लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । ‘बिरमानेको पनि दुई लाख ६४ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ,’ एसएसपी श्रेष्ठले भने, ‘अमृतेको घरसँगै एक लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । अति सार्कीको तीन तले घरसँगै दुई लाख रुपैयाँ बराबर र मानसिङको दुई तले घरसहित चार लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २९ चैत्र २०७७ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App