coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ग्राङ स्वास्थ्य चौकीमा आगलागीले १ लाख भन्दा बढीको क्षति

सांकेतिक तस्बिर

रसुवाको कालिका गाउँपालिका–१, ग्राङमा रहेको ग्राङ स्वास्थ्य चौकीमा आगलागी हुँदा १ लाख भन्दा बढीको क्षति भएको छ । शुक्रबार राति भएको आगलागीले औषधि, व्यक्तिगत सामग्री तथा फर्निचर जलेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । स्वास्थ्य चौकीमा खाना पकाउने क्रममा ग्यासको पाइप लिक भएर आगलागी भएको हो ।  

प्रहरीका अनुसार आगलागीबाट स्वास्थ्य चौकीमा रहेको एक कार्टुन औषधि, स्वास्थ्य परिचारिकाले प्रयोग गर्ने सामग्री र स्वास्थ्य कर्मचारी बस्ने कोठाको फर्निचर जलेर नष्ट भएको छ । आगलागी भएको जानकारी पाएपछि नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।  

प्रकाशित: २८ चैत्र २०७७ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App