coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शौच गर्न गएकी बालिकामाथि जबरजस्ती करणी प्रयासपछि हत्या

कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा एकजना बालिकाको जबरजस्ती करणी प्रयासपछि हत्या भएको छ । सोरु गाउँपालिका–८, तारापानीकी ९ वर्षीया बालिकाको गत शनिबार जबरजस्ती करणीको प्रयासपछि हत्या भएको हो ।

शनिबार (२१ गते) साँझ दिशा गर्न गएकी बालिकालाई सोही ठाउँका २० वर्षीय प्रवेश रावलले बालिकालाई जबरजस्ती करणी गर्न खोजेका थिए । उनले प्रहरीसमक्ष उक्त अभियोग स्वीकारसमेत गरिसकेका छन् । ‘साँझ करिब सवा पाँच बजेतिर बालिका दिसा गर्न गएकी थिइन्,’ प्रवेशको बयानपछि मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) भीमदत्त जोशीले भने, ‘दिसा गर्न बसेकै बेला बालिकालाई जबरजस्ती करणीको प्रयास भएको छ ।’ घर नजिकै कर्णाली नदीको छेउ डिस्कोले छेकिएको ठाउँमा बालिका दिसा गर्न बसेकी थिइन् । त्यही मौकामा प्रवेशले जबरजस्ती करणी गर्न खोजेका प्रहरीले जनाए ।

जबरजस्ती करणी गर्न लाग्दा बालिकाले प्रतिकार गरेपछि आफूले धकेलेको प्रवेशले बयानका क्रममा बताएका छन् । ‘धकेलेपछि बालिका ढुंगामा पर्छिन् र बेहोस हुन्छिन्,’ डिएसपी जोशीले भने, ‘बेहोस अवस्थामा रहेकी बालिकालाई मरेको भनेर प्रवेशले कर्णाली नदीमा फालेका रहेछन् ।’ उक्त बालिकाको शव सोमबार (२३ गते) मृत अवस्थामा भेटिएको थियो । मृतक बालिकाको शव भेटिएको २४ घण्टाभित्र दोषीलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । 

घटनास्थलमा चाउचाउसमेत भेटिएको थियो । ‘घटनास्थलमा आधा खाएको चाउचाउ प्याकेट भेटियो,’ डिएसपी जोशीले भने, ‘चाउचाउबाट अनुसन्धान सुरु हुँदा दोषी पत्ता लागे ।’ प्रवेशलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिकसमेत गरेको छ । बालिका कक्षा दुईमा पढ्थिन् ।

प्रकाशित: २७ चैत्र २०७७ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App