४ वैशाख २०८१ मंगलबार
समाज

विस्केट जात्राः भैरवनाथको रथ दिउँंसैबाट तानिने

जात्राको फाइल फोटो ।

नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध विस्का जात्रालाई व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न यसवर्ष भैरवनाथको रथलाई दिउँंसो २ बजेबाट तान्न सुरु गर्ने भएको छ। भक्तपुर नपाको आयोजनामा बिहीबार नगरपालिकामा बोलाइएको सरोकारवालाहरूको बैठकले भैरवनाथको रथ दिनको २ बजे तान्न सुरु गर्ने र उक्त रथ टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लग्न दिने निर्णय गरेको छ।  

सामान्यता अरु वर्षहरुमा रथ साँंझ मात्रै तान्न सुरु गरिन्छ। बैठकले रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरूबाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न अनुरोध गर्ने निर्णय गर्‍यो। रथमा अनधिकृत व्यक्तिहरु अत्याधिक चढनु पनि जात्रामा झगडाको कारण बन्दै आएको छ।  

जात्रा अवधिभर भक्तपुर नगरक्षेत्रमा खानेपानीको आवश्यक व्यवस्था मिलाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड, भक्तपुरलाई, विद्युत प्रसारण सुचारु गर्न विद्युत प्राधिकरण, भक्तपुर वितरण शाखा र टेलिफोन र इन्टरनेट सेवा सुचारु गर्न नेपाल टेलिकम, भक्तपुरलाई जिम्मा दिने निर्णय गर्‍यो। जात्रा अवधिभर भक्तपुर नगरका विभिन्न क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचारको लागि स्वास्थ्य शिविर व्यवस्थापन गर्न नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र, च्याम्हासिंह, यहाँका विभिन्न अस्पतालहरू र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरलाई जिम्मा दिने निर्णय बैठकले गर्‍यो।

यो वर्ष चैत्र २८ गते द्यो क्व बिज्याइगु (देवता तल विराजमान हुने) जात्रासगै पशाः चर्‍हे पनि परेको अवस्थामा उक्त दिन भैरवनाथ मन्दिरभित्र पूजाआजा मात्र गर्ने र मन्दिर अगाडिको भैरवनाथ र वीर बेताल रहेको स्थानमा बली दिने कार्य गराउने निर्णय गर्‍यो।

बैठकले गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यबाट प्रस्तुत २०७७ चैत्र २८ गतेदेखि २०७८ वैशाख ५ गतेसम्मको जात्राको कार्यसूची पारित गरेको छ। त्यसमा आठ रात नौ दिनसम्म चल्ने लामो जात्राको सम्पूर्ण कार्यतालिका उल्लेख छ।  

बैठकमा नगरपालिकाका जनप्रतिनिधिहरू, गुठी संस्थान प्रमुख, सुरक्षा निकायका प्रतिनिधिहरू, विद्युत प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड भक्तपुरलगायतका कार्यालयका प्रमुखहरू, जात्रासँग सम्बन्धित गुठी नाइके, भैल नाइके, जुसी बजुलगायतको उपस्थिति थियो।

भक्तपुरको विस्केट जात्रा यो वर्ष चैत २८ गते शनिबारदेखि सुरु हुँंदैछ। जात्रा वैशाख ५ गतेसम्म चल्नेछ।

प्रकाशित: २६ चैत्र २०७७ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App