१६ चैत्र २०८० शुक्रबार
समाज

पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा गौतम

पत्रकार महासंघको ताप्लेजुङ अध्यक्षमा निर्वाचित आनन्द गौतमलाई बधाइ दिँदै प्रत्यासी चन्द्र पन्दाक ।

नेपाल पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा आनन्द गौतम निर्वाचित भएका छन्। चन्द्र पन्दाक‘प्रयास’लाई झिनो मतले पराजित गर्दै गौतम पत्रकार महासंघ ताप्लेजुङको सातौं अध्यक्ष निर्वाचित भएका हुन्। गौतमले २९ मत पाए भने पन्दाकले २४ मत पाए। पत्रकार महासंघ ताप्लेजुङमा यसअघि क्रमशः मनमणि काफ्ले, किशोरकुमार राई, खगेन्द्र अधिकारी, ताराप्रसाद सिटौला, केशवप्रसाद भट्टराई र राजेन्द्र श्रेष्ठले जिम्मेवारी सम्हालेका छन्। सचिवमा सुवास आचार्य निर्वाचित भए।  

३२ मत ल्याएका आचार्यले दिनेश लिङ्खिमलाई हराए। लिङ्खिमले २१ मत ल्याए। कोषाध्यक्षमा मदन गौतमले टीका यक्सोलाई हराए। गौतमको ३३ र यक्सोको १८ मत रहेको छ। यस्तै सर्वाधिक (४८) मतसहित प्रीसा बस्नेत, मनमाया लिम्बू ४२, तेञ्जिङ शेर्पा ३८, सीताराम गुरागाँइ ३६ र रञ्जना गुरुङ ३२ मतसहित बिजयी भए।  

केन्द्रीय परिषद् सदस्यमा निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठलाई केशवकुमार लामाले हराए। लामाले २३ र श्रेष्ठले २१ मत पाए। केन्द्रीय परिषद् सदस्यमा भने सीता निरौला निर्विरोध निर्वाचित भएकी थिइन्। यस्तै ४ सदस्यीय प्रदेश परिषद् सदस्यमा क्रमशः अम्बिका हाङ्वाङ, अमृता थलङ, सजन पौडेल र सन्तोष पुर्कुटी निर्विरोध बने। यसअघि कार्य समितिको वरिष्ठ उपाध्यक्षमा कमलप्रसाद भट्टराई, महिला उपाध्यक्षमा गंगा लिङ्खिम र सहसचिवद्धयमा बसन्त पालुङ्वा र संगिता कार्की निर्विरोध निर्वाचित भएका थिए।  

गौतमलाई नेपाल पक्षीय प्रेस चौतारीको ‘ट्याग’!

पत्रकार महासंघको जिल्ला अध्यक्षमा निर्वाचित आनन्द गौतमलाई एमाले नेता माधवकुमार नेपाल पक्षीय प्रेस चौतारी निकटको ‘ट्याग’ लागेको छ। काठमाडौबाट सञ्चालित अनलाइनसहितका सञ्चार माध्यमले गौतमलाई नेपाल पक्षीय प्रेस चौतारी निकट भन्दै समाचार प्रेषण गरेका छन्। एमालेका माधव पक्षीय नेता योगेशकुमार भट्टराईका स्वकीय सचिव प्रेम गुरागाँइले पनि गौतमलाई ‘प्रेस चौतारीको उम्मेदवार’ भनेका छन्।  

गौतमले चैत २३ गते मनोनयन फिर्ताको दिन प्रेस युनियन छाडेर प्रेस चौतारीमा प्रवेश गर्ने भन्दै आफू पक्षीय सहकर्मी र नेताहरुलाई फोन समेत गरेको स्रोतको दावी छ। प्रेस चौतारी एमाले निकट र प्रेश युनियन काँग्रेस निकट पत्रकारहरुको पेशागत संगठन हो।

प्रकाशित: २६ चैत्र २०७७ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App