७ वैशाख २०८१ शुक्रबार
समाज

जेष्ठ पत्रकारलाई पेन्सन !

बागमती प्रदेश सञ्चार रजिष्टारको कार्यालयका रजिष्टार रेवतीप्रसाद सापकोेटाले जेष्ठ पत्रकारहरुको लागि आफूले पेन्सनको व्यवस्थान गर्ने प्रयास थालेका जानकारी गराएका छन्। 

स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको दोश्रो साधारणसभा तथा पहिलो अधिवेशनको सोमबार भक्तपुरमा उद्घाटन गर्दै आफ्नो कार्यकालमा सकेसम्म यो सफलतामा पुर्‍याएर छोड्ने बताए।जेष्ठ पत्रकारका साथै दुर्घटनामा परी मृत्यु भएका, दीर्घरोगी, सुत्केरी पत्रकारलाई पनि सहयोग गर्ने सकारी व्यवस्थामा आफू लागिपरेको उनले सुनाए। उनले बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले कोडिभको बेला पनि धेरै पत्रकारहरुलाई सहयोग गर्न जानकारी गराए।  

स्वतन्त्र पत्रकार संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष केवी सम्राटले पत्रकारिता स्वतन्त्र हुनुपर्नेमा जोड दिए। एउटा हातमा पार्टीको झण्डा र अर्काे हातमा स्वतन्त्र पत्रकारको झण्डा बोकेर कसरी पत्रकार स्वतन्त्र हुन्छ भनी उनले प्रश्न गरे। स्वतन्त्र पत्रकार संघ भक्तपुरका अव्यक्ष डा इन्दुल केसीले समाजलाई अगाडि बढाउन स्वतन्त्र पत्रकारिताको भूमिकाबारे चर्चा गरे। दुई वर्षअघि डा केसीको अध्यक्षतामा संघ गठन भएको थियो।

प्रकाशित: २३ चैत्र २०७७ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App