८ वैशाख २०८१ शनिबार
समाज

रसुवामा राष्ट्रिय जनगणनाको तयारी सुरु

रसुवामा १२ औं राष्ट्रिय जनगणनाको तयारी सुरु भएको छ । यही चैत १ गतेदेखि सञ्चालनमा आएको जिल्ला जनगणना कार्यालयले आवश्यक तयारी सुरु गरेको हो । कार्यालयले हालसम्म कार्यालय व्यवस्थापन तथा सरोकारवालासँग छलफल कार्यक्रम सञ्चालन गरेको छ ।

यसपटकको जनगणना कार्यका लागि यस जिल्लामा ७८ गणक र २१ सुपरीवेक्षक परिचालन हुनेछन् । जिल्लामा परिचालन हुने गणक तथा सुपरीवेक्षकले प्रत्येक घरमा पुगेर फारम भर्ने छन् । जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङमा खटिने गणक तथा सुपरीवेक्षकलाई हाल निर्धारण गरिएको रकमले काम गर्न कठिन हुने देखिएको छ ।  

यसपटक अनलाइनबाट आवेदन दिएका कारण लाङटाङका स्थानीयले आवेदन दिए वा दिएन भनेर जानकारी आइनसकेको कार्यलय प्रमुख कपिल धितालले बताए ।  सुपरीवेक्षकहरूलाई आगामी बैशाख १६ देखि २२ गतेसम्म तालिम प्रदान गरिने छ । वैशाख २६ देखि जेठ १४ सम्म घरपरिवार सूचीकरण कार्य गरिने छ । जेठ १७ देखि २२ सम्म गणकहरूलाई तालिम प्रदान गरिने र जेठ २५ देखि असार ८ गतेसम्म गणना कार्य हुने छ ।  

२०७८ भदौ १ देखि संकलित जनगणनाको तथ्यांक प्रशोधन कार्य हुने छ । आगामी असोज मसान्तसम्ममा प्रारम्भिक नतिजा सार्वजनिक गर्ने र २०७९ बैशाखमा अन्तिम नतिजा सार्वजनिक गरिने छ । हरेक १०÷१० वर्षमा हुने जनगणनामा सहभागी हुन सबै नागरिकलाई कार्यालयले आग्रह गरेको छ । ११ औं राष्ट्रिय जनगणना २०६८ अनुसार रसुवामा ४३ हजार ३ सय रहेको थियो । कार्यालयका अनुसार सन् २०२१ सम्ममा यस जिल्लामा ४५ हजार २ सय पुगेको प्रक्षेपण गरिएको छ ।  

प्रकाशित: २० चैत्र २०७७ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App