८ वैशाख २०८१ शनिबार
समाज

कोरोनाले होलीको रौनक हरायो

कोरोना भाइरसको त्रास बढ्न थालेपछि जिल्लामा होलीको रौनक हराएको छ। कोराना भाइरसको दोस्रो चरणको संक्रमण फैलिने भन्दै स्थानीय प्रशासनले समुहमा जम्मा भएर होली खेल्न रोकेपछि होलीको चहलपहल हराएको हो। कोरोना जोखिमकै कारण गत वषैदेखि होली पर्वको उमंग नभएको स्थानीय बताउँछन्। जिल्लामा विभिन्न विद्यालय, क्लब, समूह मिलेर होली खेल्न गरिए पनि दुई वर्षयता भने होली खेल्न नपाएको पुर्चौडी नगरपालिका–४ का हरिशप्रसाद भट्टले बताए।

होलीको समयमा गाउँघर सहरबजार गुञ्जायमान र रंगिन हुने भए पनि कोरोना कहरका कारण यो वर्ष सुनसान जस्तै भएको छ। भीडभाड गर्दा कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीय प्रशासनले सूचना निकालेर होली नखेल्न यसअघि नै आग्रह गरिसकेको छ। फाट्टफुट्ट रुपमा कहिँकतै होली खेलेको भए पनि विगतका वर्षको जस्तो रौनक नभएका स्थानीय सुर्नाया गाउँपालिका–५ का देवबहादुर महराले बताए।

रंगको पर्व होलीको समयमा गाउँघरमा रमाइलो हुने भए पनि यो वर्ष कोरोनाकै त्रासमा बित्न थालेको स्थानीयको भनाइ छ। होली पर्वमा होली गाउनुका साथै एकअर्कालाई रंग छ्यापेर मनाउने गरिन्छ।

परापूर्व कालमा भगवान विष्णुका परम भक्त प्रल्हादलाई उनकी फुपु होलिकाले आगोमा भष्म गराउन खोज्दा होलीका आँफै भष्म भएको अवसरमा होली पर्व मनाउने गरिएको हो।

प्रकाशित: १४ चैत्र २०७७ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App