७ वैशाख २०८१ शुक्रबार
समाज

गर्जेमा पुग्यो खानेपानी

सिगास गाउँपालिकाको केन्द्र जर्गेमा निर्माण भएको खानेपानीको ट्यांकी ।तस्बिरः नागरिक

बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा खानेपानी पुगेको छ। लिफ्टिङ प्रणालीमार्फत खानेपानी पुगेको हो। गाउँपालिका र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको संयुक्त लगानीमा गाउँपालिकाको केन्द्रमा खानेपानी पुगेपछि सहज भएको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए।

आधा किलोमिटर तल रहेको मुहानबाट लिफ्टिङ प्रणालीबाट गाउँपालिकाको केन्द्रमा पानी तान्न करिब १ करोड १६ लाख रुपैयाँ खर्च भएको बताइएको छ। ६४ वटा सोलारका प्यानलबाट मोटर सञ्चालन गरि अत्याधुनिक प्रविधिको प्रयोग गरेर पानी तानिएको अध्यक्ष धामीले जानकारी दिए।

गाउँपालिकाको केन्द्र गर्जेमा खानेपानीको समस्या भएकाले गत आर्थिक वर्षदेखि नै खानेपानी योजना निर्माणको काम सुरु भएको हो। स्थानीय तह घोषणासँगै सबैको सहजताको लागि सिगासको गर्जे केन्द्र तोकिएपछि अन्य भौतिक पूर्वाधारसँगै खानेपानीको व्यवस्था गरिएको अध्यक्ष धामीको भनाइ छ। खानेपानी योजना अन्तर्गत ११ वटा धारा निर्माण गरिएका छन् भने ५ ट्यांकी निर्माण गरिएका छन्।                       

 

प्रकाशित: १३ चैत्र २०७७ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App