८ वैशाख २०८१ शनिबार
समाज

दुर्गाप्रसादले लिए नागरिकता

 ४० वर्षपछि भारतीय जेलबाट मुक्ति पाएर  घर आइपुगेका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन्। जिल्ला प्रशासन कार्यालयले बिहीबार तिम्सिनालाई नागरिकता प्रदान गरेको हो।  

२०१७ साल साउन २० मा जन्मेका दुर्गाप्रसादले माई नगरपालिका–१० ठेगानाको नागरिकता पाएको कार्यालयले जनाएको छ। मानसिक रूपमा बिरामी रहेका दुर्गाप्रसादको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ। तर, नागरिकता नहुँदा समस्या आउनसक्ने भएपछि उनको नागरिकता बनाएको परिवारजनले जनाएका छन्।  

दुर्गाप्रसाद व्यक्ति हत्या अभियोगमा सन् १९८० मा भारतमा जेल परेका थिए। २० वर्षको हुँदा २०३७ सालमा घरबाट हिँडेका उनको नागरिकता बनेको थिएन। दुर्गाप्रसादकी ८६ वर्षीया आमा घरमा छिन् भने उनका बाबु चम्पाखरको २०२४ सालमा निधन भएको थियो। दुर्गाप्रसादको धार्मिक परम्पराअनुसार व्रतबन्ध र विवाह पनि भएको छैन।

प्रकाशित: १२ चैत्र २०७७ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App