७ वैशाख २०८१ शुक्रबार
समाज

स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, २२ जना घाईते

बस दुर्घटनामा परि घाईते भएका विद्यार्थीहरु ।

स्कुल बस दुर्घटना हुँदा दाङमा एक विद्यार्थीको मृत्यु भएको छ । दुई दर्जन विद्यार्थी घाईते भएका छन् । तुलसीपुरस्थित पब्लिक ज्ञान ज्योति माध्यम विद्यालयको रा १ क ४३३ नम्बरको बस दुर्घटना हुँदा उक्त विद्यालयमा ११ कक्षामा अध्ययनरत १८ वर्षीया सम्झना केसीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

केसीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । विद्यार्थी लिन गाउँ गएको उक्त बस विद्यार्थी लिएर फर्कदै गर्दा तुलसीपुर १५ सरैयाँ भन्ने स्थानमा बिहान ६ बजेतिर पल्टिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिएका छन् । दुर्घटनामा परि घाईते भएका २२ विद्यार्थी मध्य ५ जनाको अवस्था गम्भिर छ । गम्भिर घाईतेहरुलाई कोहलपुर रेफर गरिएको छ । 

प्रहरी निरीक्षक शर्माका अनुसार बस सडकमै पल्टिएको छ । चालक सम्पर्कमा आईनसकेका कारण दुर्घटनाको एकिन कारण खुल्न नसकेको उनले बताए ।

प्रकाशित: १० चैत्र २०७७ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App