८ वैशाख २०८१ शनिबार
समाज

स्थानीयले जिल्ला प्रशासनको गेटमै रोके उपमहानगरपालिका प्रमुखलाई

जिल्ला प्रशासन कार्यालय बाराको गेटमै स्थानीयहरुले रोकेका नगर प्रमुख पौडेल चढेको गाडी। तस्बिर: नागरिक

जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेललाई सिमराका स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय बारा,कलैयाबाट बाहिर निस्कने क्रममा शुक्रबार गेटमै रोकेका छन्।आवश्यक परेको बेलामा बेलाउँदा भेटन नआएको र जिल्ला प्रशासन कार्यालयमा छलफलको लागि आएपछि आक्रोशित बनेका स्थानीयहरुले नगर प्रमुख स्वार गाडीलाई गेटमै रोकेर विरोध गरेका हुन्।

जगदम्ब स्टिल उद्योग र स्थानीयबीच देखिएको समस्या समाधान गर्नको लागि बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्ला प्रशासन कार्यालय बारामा जगदम्बा स्टिलका प्रतिनिधि, स्थानीय र सुरक्षाकर्मी छलफल राखेका थिए।

जगदम्बा स्टिल उद्योगकोविरुद्धमा स्थानीयहरु आन्दोलन गर्दा नगर प्रमुखले स्थानीयहरुको साथ नदिएको गुनासो छ ।

प्रहरीले कुटपिट गर्दासमेत बोलाउँदा नगर प्रमुख नआएर अनुहार लुकाएको र जिल्ला प्रशासनमा अनुहार देखाए पछि उनीलाई रोकिएर स्थानीयहरुले सचेत गराएको स्थानीय सन्तोष कार्कीले बताएका छन्।

समस्या पर्दा नगर प्रमुखले जिम्मेवार व्यवहार देखाएको र अब पनि गैर जिम्मेवारी व्यवहार देखाउदा स्थानीयहरुले नछोडने सचेत समेत गराइएको कार्कीले बताए।

नगर प्रमुख पौडेलले स्थानीयहरुले जगदम्बा उद्योगको बिरुद्धमा सडममा सँगै आएर आन्दोलन गर्न स्थानीयहरुले अपेक्षा गरेको र स्थानीय सरकारको प्रमुखले सडममा उत्रेर आन्दोलन गर्न नसकिने भए पछि स्थानीयहरुले गाडीलाई रोक्न पुगेको बताएका छन्।

प्रकाशित: ६ चैत्र २०७७ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App