८ वैशाख २०८१ शनिबार
समाज

व्यक्तिगत रिस फेर्न आफ्नै साथीको हत्या

निजगढ नगरपालिका–९ बुद्ध चौकमा हत्या गरिएका १८ वर्षीय कालु भनिने रोहित शर्माको हत्या अभियोगमा उनकै साथीलाई बारा प्रहरीले चन्द्रनिगाहपुरबाट नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।  

सार्वजनिक गरिएकोमा रौतहट चन्द्रपुर नगरपालिका ४चन्द्रनिगाहपुरका अरुण कुमार साहले व्यक्तिगत रिसबीले शर्माको हत्या गरेको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए।  

हत्या गरिएका शर्माको निजगढ ९ बुद्धचोक  र चन्द्रपुर नगरपालिका ४ चन्द्रनिगाहपुर गरि दुबै स्थानमा घर रहेको र  पक्राउ परेका साहको चन्द्रपुर नगरपालिका ४चन्द्रनिगाहपुरमा घर, किराना पसल समेत रहेको शाहीले बताए।  

एकै स्थानमा घर भएको दुबै जनाले पेन्टरको काम गर्ने गरेको र सँगै बेला बेलामा लागु औषधको सेवनसमेत गर्ने गरेको पक्राउ शाहीले बताए।

लागु औषध सेवन गर्ने क्रममै दुबै जनाबीच विवाद भएपछि साहले शर्माको हत्या गर्ने सोच बनाएर शर्माको घरमा सोमबार राती आएर हत्या गरेको साहले स्वीकार गरेको छन्।  शर्माका हत्याको बेलामा साहले प्रयोग गरेका चक्कु , पकडा र मोटरसाईकलसमेत बरामत गरिएको शाहीले बताए।

शर्माको हत्या गर्नको लागि साहले सोमबार राती चन्द्रनिगाहपुरबाट निजगढ आएर शर्मासँगै बसेको र बस्ने क्रममा दुबै जनाले लागु औषध नाईट्रोभेटको सेवन गरेर रातीसँगै सुतेको हत्याको अनुसन्धानमा खटेका बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

शर्मा सुती रहेकै अवस्थामा मंगलबार बिहान ४ बजेको समयमा पक्राउ परेका साहले शर्माको घाँटीमा सात आठ स्थानमा चक्कु प्रहर गरी हत्या गरेको र चक्कुबाट प्रहार गर्दा शर्माले प्रतिकार गर्दा साहको हात समेत त्यही चक्कुले काटिएको मिश्रले बताए।

शर्माको हत्या गरिएको खबर बाहिर आए पछि घटना स्थलमा पुगी स्थानीयहरुसँग शर्मासँगै राती बसेको  व्यक्तिहरुलाई पहिचान गर्ने क्रममा साह पक्राउ परेको र साहले नै शर्मामा हत्या एक्कलै गरेको स्वीकार  समेत गरेको मिश्रले बताए।  

प्रकाशित: २५ फाल्गुन २०७७ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App