१६ चैत्र २०८० शुक्रबार
समाज

अटोरिक्सा दुर्घटनामा चालकको मृत्यु

सूर्याेदय नगरपालिकाको पान्दाम–गोर्खे सडक खण्डमा भएको अटोरिक्सा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रदेश १–०१–००१ ह ७९०१ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा चालक सूर्याेदय नगरपालिका–९ का ४२ वर्षे सुकमान राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

सूर्याेदय नगरपालिका–९, पान्दामबाट फिक्कलतर्फ गुडिरहेको अटोरिक्सा आफैं अनियन्त्रित भई दुर्घटना हुँदा राई गम्भीर घाइते भएका थिए । उपचारका लागि फिक्कल अस्पताल लगिएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले बताए ।  

प्रकाशित: २३ फाल्गुन २०७७ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App