१६ चैत्र २०८० शुक्रबार
समाज

उदयपुरमा दुई युवा लागुऔषधसहित पक्राउ

लागूऔषधसहित पक्राउ युवा । तस्विरः महेश्वर

सप्तरी र सिराहाका दुई युवा लागुऔषधसहित उदयपुरमा पक्राउ परेका छन्। शनिबार साँझ सदरमुकाम गाईघाट आउँदै गरेका बेला प्रहरी चेकजाँचको क्रममा उयदपुर र सप्तरीको सीमानाका त्रियुगा नगरपालिका ६ को लालपत्ता नाकाबाट लागुऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।  

सप्तरीबाट गाईघाटतर्फ आउँदै गरेको लु ५१ प ७११३ नं. को मोटरसाईकलमा चेकजाँच गर्दा चालक सिरहाको लाहान नगरपालिका ३ का २३ वर्षीय सुजित चौधरी र पछाडि सवार सप्तरीको खडक नगरपालिका १ का २२ वर्षीय महेशकुमार चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले लालपत्तामा चेकजाँच गर्दा उनीहरुको साथबाट डाईजेपाम, लुपिजेसिक र फनार्गन ३५–३५ थान गरी १ सय ५ थान बरामद भएको जनाइएको छ ।  

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु भएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । जिल्लामा लागुऔषध दुव्र्यसन र कारोबार नियन्त्रण गर्ने उदेश्यले चलाएको अभियानअन्तर्गत प्रहरीले पछिल्लो समय दैनिकजस्तो यस्ता आपराधिक गतिबिधिमा संलग्नहरुलाई पक्राउ गर्ने गरेको एस्पी दाहालले बताएका छन् ।  

प्रकाशित: २३ फाल्गुन २०७७ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App