८ वैशाख २०८१ शनिबार
समाज

सवारीको ठक्करबाट चितुवाको मृत्यु

फाइल तस्बिर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चाकाे मृत्यु भएकाे छ।

शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३ सय मिटर पूर्वतर्फ चितुवाको बच्चा मृत अवस्थामा भेटिएको हो।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो।

बच्चाको मुखमा चोट लागेको उनले जानकारी दिए। रातको समयमा चितुवाको बच्चा मृत भेटिएपछि डिभिजन वन कार्यालय चितवनमा ल्याइएको उनले जानकारी दिए। ठक्कर दिने सवारी चालकको खोजी भइरहेको उनले बताए। रासस

प्रकाशित: २३ फाल्गुन २०७७ ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App