८ वैशाख २०८१ शनिबार
समाज

उदयपुरमा गाँजासहित तीन पक्राउ

 गाँजा कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने तीनै जना उदयपुर सदरमुकाम गाईघाट बजारमा सब्जी व्यापार गर्दै आएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । कार्यालयका अनुसार गाँजासहित पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ गाईघाटका २५ वर्षीया  प्रमिला सहनी, सिरहाको लाहान नगरपालिका घर भई गाईघाटमा बस्दै आएका ५५ वर्षीय राजकुमार सहनी रगाइघाट बजार बस्ने २० वर्षीय लक्ष्मण सहनी रहेका छन् ।  

 

पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए।  गाँजा कारोवार गर्ने गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई तीन किलोभन्दा बढी गाँजासहित पक्राउ गरिएको उनको भनाइ छ । 

प्रकाशित: २२ फाल्गुन २०७७ १२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App