१६ चैत्र २०८० शुक्रबार
राजनीति

पाटनबाट ३६ वर्षअघि चोरी भएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

नेपालबाट ३७ वर्षअघि चोरी भएको लक्ष्मीनारायण (वसुदेव–कमलाजा) को मूर्ति अमेरिकाले हस्तान्तरण गरेको छ। अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का टिमोथी एन ड्युनह्यामले उक्त लक्ष्मीनारायणको महत्वपूर्ण मूर्ति अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडालाई नेपाली दूतावासमै एक कार्यक्रम गरी हस्तान्तरण गरेका हुन्।  

सन् १९८४ मा नेपालबाट चोरिएको उक्त ऐतिहासिक मूर्ति पाटनस्थित मन्दिरको हो। उक्त उक्त मूर्तिलाई १९९० देखि अमेरिकाको ड्यालस म्युजियम अफ आर्ट्समा राखिएको दूतावासले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। नेपालको मध्यकालीन समयमा बनेको भनिएको मूर्ति ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाइको छ। दूतावासले युनेस्कोको आवश्यक प्रक्रिया पुरा गरेर नेपाल ल्याइने बताइएको छ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App