८ वैशाख २०८१ शनिबार
समाज

तीन महिने छोराको हत्या गर्ने बाबुलाई मानसिक अस्पताल पठाइयो

आफ्नै छोराको हत्या गर्ने बैतडीको पञ्चेस्वर–५का राजबहादुर चन्दलाई मानसिक रोग अस्पताल लगनखेल पठाइएको छ। गत मंगलबार आफ्नै तीन महिने छोराको हत्या गरेका उनलाई जिल्ला अस्पतालका डाक्टरले मानसिक रोगी भएको बताएपछि थप परीक्षणका लागि मानसिक अस्पताल पठाइएको हो।

बिगतमा मानसिक सन्तुलन गुमाएका उनको एक वर्षयता भने मानसिक अवस्थामा सुधार भएको आफन्तले बताएका थिए। तर पनि उनले आफ्नै छोराको हत्या गर्नुका साथै आफ्नै बुवा र भाइलाईसमेत घाइते बनाएका थिए। घरका अरु सदस्यलाई पनि बेलाबेलामा कुटपिट गर्ने गरेको स्थानीयले बताए। उनलाई मंगलबार नै प्रहरीले पक्राउ गरी बैतडी सदरमुकाम पुर्‍याएको थियो। 

उनी जिल्ला अस्पताल र प्रहरीको हिरासतमै रहेका बेला समेत मानसिक रोगीको जस्ता कृयाकलाप गर्न थालेपछि परीक्षणका लागि मानसिक रोग अस्पताल पठाएको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए।

प्रकाशित: २१ फाल्गुन २०७७ ११:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App