coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गैँडाको आक्रमणबाट एक घाइते

पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई आज दिउँसो १२ बजे भैँसी चराउने क्रममा घर नजिकै बगरमा गैँडाले आक्रमण गरेको हो।

गैँडाको आक्रमणबाट घाइते महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०७७ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App