१६ चैत्र २०८० शुक्रबार
समाज

प्रहरीको गोली लागेर भारतीय तस्करको मृत्यु (अपडेट)

सांकेतिक तस्बिर।

कंचनपुरको बैलौरी नगरपालिका वडा नम्वर ८ मा लागु औषधको तस्करी गर्नमा सक्रिय भारतिय एक युवकको बिहिवार साँझ प्रहरीको गोली लागेर मृत्यु भएको छ । बिहिवार साँझ प्रहरीले चलाएको गोली लागेर भारतको जिल्ला पिलभित ग्राम भुमीदान राघवपुरी थाना हजारा वस्ने २० बर्षिय गोविन्दा सिंहको मृत्यु भएको प्रहरीले बताएको छ । 

लागु औषधको समुह भारतवाट नेपाल भित्रिरहेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीवाट प्रहरी नायव निरिक्षकको नेतृत्वमा ५ जनाको प्रहरी टोली खटिएको थियो । बेलौरी वडा नं ८ खोप्टीनाला कालोपुल स्थित राजमार्गको करिव ५० मिटर दक्षिण तर्फ ३९ नम्वर पिल्लर जाने बाटो नजिक ४ जना भारतिय युवक झोला वोकेर पैदल आईरहेको अवस्थामा प्रहरी टोलीले भेट्टाएको कंचनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए । शंका लागेर चेकजाँच गर्दा उनीहरुले प्रहरी टोली माथी गोली प्रहार गर्दा प्रहरी जवान विर वहादुर साँउदले आफूले वोकेको टाईप ७७ चाईनिज पेस्तोलवाट जवाफी फाईर चलाएको उनले बताए । 

‘गोली वाँया छातीमा लागेर गंभिर घाइते भएका सिंहको ईशान मेमोरियल अस्पातल बैलौरीमा पुगाएपछि साँझ ७.२५ मृत्यु भएको हो’प्रहरी नायव उपरिक्षक थापाले बताए । बिहिवार साँझ नै सिंहका आफन्त सम्पर्कमा आएर उनको स्नाखत भएको प्रहरीले बताएको छ । पोष्टमार्टम पछि शव उनको आफन्तलाई बुझाउने उनले बताए । सिंह लगायतको समुह सिमामा लागु औषध र नक्कली नोटको कारोवारमा सक्रिय रहेको प्रहरीले बताएको छ । ४ जनाको समुहमा रहेका अन्य ३ जना फरार रहेका छन । 

लागु औषध तस्करको तर्फवाट गोली प्रहार भएको भनेपनि प्रहरीले हतियार बरामद भने गरेको छैन । प्रहरी जवान साउँदको बुढी औला फ्याक्चर भएको र घुडा सुनिएको प्रहरीले जनाएको छ । नक्कली नोट छाप्ने मेशिन २ थान, ह्वाईट सुगर २४.६० ग्राम, खैरो हिरोइन ६५.८१ ग्राम बरामद गरेको प्रहरी नायव थापाले बताए ।

प्रकाशित: २१ फाल्गुन २०७७ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App