८ वैशाख २०८१ शनिबार
समाज

बाख्रा चोरेको आरोपमा मासु पसलका कामदार पक्राउ

बाख्रा चोरी अभियोगमा पक्राउ कार्की । तस्बिरः महेश्वर

उदयपुरका एक मजदुर बाख्रा चोरेको अभियोगमा पक्राउ परेका छन्। त्रियुगा नगरपालिका १५ स्थित बिष्णुकुमार केसीको बाख्रा पालन फारमबाट ४ वटा बाख्रा चोरेको अभियोगमा त्रियुगा नगरपालका ४ फर्सेटस्थित सगरमाथा ड्राई फुड एण्ड मिट हाउसका कामदार पक्राउ परेका हुन्।  

फारमबाटै बाख्रा चोरेर खसी बजारमा बेच्न लगेको अवस्थामा प्रहरीले जिल्लाको रौतामाई गाउँपालिका ३ लाफागाउँका ३३ वर्षीय निरबहादुर कार्कीलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। त्रियुगा नगरपालिका १० बोक्सेस्थित सदरमुकामको खसी बजारबाट कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

गत १५ गते विहान ११ बजे फारामबाट ४ वटा बाख्रा हराएको भन्दै प्रहरीमा केसीले दिएको उजुरीपछि विशेष टोली खटाएरु खोजी कार्य गर्ने क्रममा कार्कीलाई चोरीका बाख्रासहित पक्रउ गर्न सफल भएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए। दाहालका अनुसार मिट हाउसमा मजदुरी गर्ने कार्की खसी बजारमा बाख्रा बेच्न बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

प्रकाशित: २० फाल्गुन २०७७ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App