८ वैशाख २०८१ शनिबार
समाज

जनयुद्धका बेपत्ता १२ वर्षपछि घर फर्किए

बेपत्ताको सूचिमा रहेका कपिल । तस्बिरः डिबी/नागरिक

जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँका हरीश्चन्द्र रोकाया (कपिल) १२ वर्षपछि घर फर्किएका छन्। उनी जनयुद्धकालमा बेपत्ता भएका थिए। कालिकोटको पिली आक्रमण गरेर फर्किएका कपिल सुर्खेतदेखि बेपत्ता भएका हुन्।  

१२ वर्षसम्म कुनै पनि खबर नआएपछि घरपरिवारले मरिसकेको भन्दै आश मारिसकेका थिए। तर राष्ट्रिय मानवअधिकार आयोगमा बेपत्ताको खोज अनुसन्धानका लागि निवेदन दिएका थिए। तत्कालिन जनयुद्धका क्रममा जुम्लाका दर्जनौँ ब्यक्ति अहिले सम्म पनि बेपत्ता छन्।  

कपिल घर फर्किएपछि परिवारमा खुसी छाएको छ। पति मरिसकेको भन्दै कपिलको पत्नी दुर्गा १२ वर्षसम्म माइतीघरमै थिइन्। शान्ति प्रक्रियासंगै पखाईमा बसेका परिवारले कपिल फर्केर आउलान भन्ने सोचेका थिएनन्। कपिल घर फर्किएपछि पत्नी दुर्गा पनि घर फर्किएकी छिन्।    

२०५६ सालमा माओवादी जनयुद्धमा लागेका उनी सिँधै जनमुक्ति सेनामा गएका थिए। पहिलो अछाम मंगलसेन आक्रमणमा सहभागी भएका उनले माओवादी युद्धमा पछिल्लो समयमा जति ठूला आक्रमण भए सबै आक्रमणमा सहभागिता जनाए। अन्तिम पिली आक्रमण गरेर फकिएपछि बेपत्ता बने।

पिली आक्रमण गरेर फर्किएपछि सुर्खेतमा भएको भिडन्तबाट आफू बेपत्ता भएको कपिल बताउँछन्। उनले भने, “भिडन्तमा हताहती भएपछि एक्लो हुन पुगे। माओवादीको सम्पर्कमा आउन सकिन। सिँधै भारत छिरे।”

उनी दलालको बाटो हुँदै भारत गएपछि बाबु रामरहेमकोमा पुगे। उनले भने,“त्यहाँदेखि सम्पर्कविहीन भए। न घर कसैको सम्पर्क हुन सके। नत बाहिर निस्केर भाग्न सके। त्यही भित्र पनि मृत्यु कुरेर बसे। रामरहेम मान्छे मारेर किट्नी बेच्थे। मासिक ६ हजार रुपैयाँ तनखा दिने भनेर लगेपनि नदिएको उनी बताउँछन्। भारतमा बस्दा न पैसा पाइयो, नत सुख नै। कपिलले भने,“घर फर्किने आशासम्म थिएन।  

जब राम रहेमलाई भारत सरकारले गिरफ्तार गर्यो। तब आफू नेपाल फर्कन सकेको अनुभव सुनाए। भारत सरकारले १५/१५ हजार रुपैयाँ दिएपछि घर फर्केको उनी बताउँछन्।  

भारतबाट फर्किसकेपछि छोरा आउने आशामा पर्खिएका बुबाको मृत्यु भइसकेको थियो। छोरा आउदैन भनेर सबैले आश मारिसकेका थिए।  

गाउँमा आउँदा गाउँलेले समेत चिन्न छोडीसकेका थिए। अहिले परिवार मरेको छोरा भेटाएको भन्दै निकै खुसी छन्। कपिलको जनयुद्धमा जानु पूर्व नै विवाह भइसकेको थियो। पहिले चिनेका माओवादी नेता कार्यकर्ता चिन्न छाडिसकेका छन्।

प्रकाशित: २० फाल्गुन २०७७ १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App