coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोंगबु हत्याकाण्डः कल्पनालाई आजीवन कारावास सजाय

काठमाडौं जिल्ला अदालतले गोंगबु हत्याकाण्डमा कल्पना मुडभरीलाई आजीवन कारावासको फैसला गरेको छ। गत साउन २५ मा काठमाडौंको गोंगबुमा दाङका कृष्णबहादुर बोहरा हत्याकाण्डमा संलग्न कल्पना मुडभरीलाई हत्याको सजाय सुनाएको हो। जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले हत्या गरेको ठहर गर्दै मुडभरीलाई जीवनभरको कारावास रहने ठहर गरेको हो।  

बोहराको हत्यापछि गत साउनमै मुडभरी र उनकी छोरीलाई समेत पक्राउ गरेको थियो। अदालतले छोरीलाई भने सफाइ दिएको हो। मुडभरीले बोहरालाई दाङका कृष्णबहादुर बोहरा आठ महिनाअघि विदेशबाट फर्किएका थिए। उनी घर दाङ नगई गोंगबुको एक होटलमा भाडामा बसेका थिए। होटलमा बस्दा उनले फेसबुकमार्फत टोखा नगरपालिका–१० बस्ने कल्पना मुडभरीसँग चिनजानसँगै च्याट गर्न थालेका थिए।  

दुवैजना नजिक हुँदै गएपछि बोहरा कल्पनाको कोठामा जान थालेका थिए। साउन २५ आफ्नै डेरामा बोलाएर कल्पनाले षडयन्त्रपूर्वक बोहराको हत्या गरेकी थिइन्। खानपिन सकाएर, दुवैले मदिरा सेवन गरेपछि पौडेलले दहीमा निद्रा लाग्ने ट्याब्लेट मिसाएर बोहरालाई खुवाएकी थिइन्। त्यसैबेला बोहरालाई घाँटी अँठ्याएर हथौडाले हानेर हत्या भएको थियो। प्रहरीका अनुसार कल्पनाले शरीर, टाउको, खुट्टा अलग अलग पारेर घर नजिकै सडकमा शव राखेकी थिइन। प्रहरीले सुटकेसभित्र टाउको बिनाको बोहराको शव फेला परेको थियो। घटना दर्दनाक देखिएपछि प्रहरीले तालिम प्राप्त कुकुर ल्याई तत्कालै परिचालन गरी खोजी गरेको थियो।  

घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट संयुक्त रूपमा खटिएको थियो। प्रहरीले घटनामा संलग्न कल्पनालाई चितवनबाट पक्राउ गरेको थियो। घटनास्थलबाट धारिलो हतियार, ह्यामर, पञ्जा, म्याट्रेसको टुक्रा, सल, सुटकेशको ह्याण्डल, डोरी, मृतकका कपडा, स्लिपिङ ट्याब्लेटको खोल र मोबाइल सेट प्रहरीले बरामद गरेको थियो। प्रहरीका अनुसार त्यसैबेला आफूले हत्या गरेको स्वीकार गरेकी थिइन्।

प्रकाशित: २० फाल्गुन २०७७ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App